Skip to content

सोमबार पनि बढ्यो सुन–चाँदीको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्यमा बढेको छ । आज सुन प्रतितोला १ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबारभएको थियो।

यसैगरी, आज चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर बढ्दाे क्रममा रहेकाे छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi