काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अर्थ मन्त्रालयमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएका करिब तीन दर्जन उद्योगपतिहरूसँग भेट गर्ने भएका छन् ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीलाई नराखी उद्योगी व्यवसायीलाई भेटेका थिए । प्रधानमन्त्री पछि आज अर्थमन्त्रीले उद्योगीसँग भेट्न लागेका हुन् ।
मन्त्रालयले बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम आयोजना गरेर उद्योगीलाई भेट्न लागेको हो ।
भेटमा अर्थमन्त्री डा. वाग्लेका साथै अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरू सहभागी हुने बताइएको छ । भेट मंगलबार अपराह्न ३ बजेदेखि सुरु हुने मन्त्रीको सचिवालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्