काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्यमा गिरावट भएको छ। आज सुन प्रतितोला ४ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १३५ रुपैयाँले घटेको हो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्