काठमाडौं । व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदातले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले मंगलबार बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले उनलाई छाड्न आदेश दिएको हो ।
सर्वोच्च अदालतको आदेशपछि ५ लाख धरौटी बुझाएर रिहा भएलगत्तै गोल्छालाई गत बैशाख २२ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा सम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।
उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा गोल्छा समुहका अध्यक्षसमेत रहेका गोल्छालाई नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि बैशाख १० गते पहिलो पटक पक्राउ गरिएको थियो ।







प्रतिक्रिया दिनुहोस्