Skip to content

खिम्ती घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने

काठमाडौं । खिम्ती घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ ।

वन्डर्स ईनर्जी प्रा.लि. ले निर्माणगर्न लागेको ९ मेगावाट क्षमताको खिम्ती-घ्वाङ् साना जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्न सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट सस्टेनेवल ईनर्जी बैकिङ्ग विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रवन्ध सचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरे ।

कम्पनीले दोलखा जिल्लाको जिरी नगरपालिका-१ र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका-१ मा रहेको खिम्ती-घ्वाङ् खोलामा खिम्ती-ध्वाँङ् जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना २०८४ साल चैतमा सम्पन्न गर्नेगरि निर्माण कार्य भइरहेको दुलालले बताए ।

आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति र रुख कटान अनुमति वैशाख १५ गतेको मन्त्रिपरिषदबाट निर्णय भइसकेको छ । आयोनाको लागि आवश्यक सम्पुर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहुँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ।

सभिलि, हाईड्रो मेकानीकल र ईलेक्ट्रो मेकानीकल निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ । आयोजना निर्माणका लागि लाग्ने १ खर्ब ८० करोड मध्ये १ अर्ब २४ करोड ऋण लगानीका लागि बैंकसँग आज समझदारी भएको हो ।

बाँकी ५६ करोड मध्ये ३५ करोड जुटिसकेको र ३० करोड असोज भित्रमा जुटाउने गरि काम भैइरहेको दुलालले बताए । उनका अनुसार गौरिशंकर संरक्षण क्षेत्र भित्र निर्माणहुने यो आयोजना नेपाल हाल बनिरहेका जलविद्युत आयोजना मध्ये हाईड्रो सेलेक्ट टुल्स फलो गरेर सामाजिक तथा वातवरणीय हिसाबले अन्तरा मापदण्ड पुरा गरेर निर्माण गरिने पहिलो आयोजना समेत हुने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T