काठमाडौं । साउन १ गतेअघि खपत भएको विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने भएको छ।
यो विषयमा विवाद सृजना भएपछि आन्तरिक राजस्व विभागले उक्त विषयमा भ्याट नलागने स्पष्ट पारेको हो । विभागले उपभोक्ता र व्यवसायीबीच देखिएको अन्योल हटाएको हो ।
विभागका अनुसार आर्थिक ऐन, २०८३ ले विद्युत सेवामा अन्तिम उपभोक्ताबाट ५ प्रतिशत र अन्य उपभोक्ताबाट १३ प्रतिशत मूल्य अभिवृद्धि कर असुल गर्ने व्यवस्था गरेको छ । यो व्यवस्था २०८३ साउन १ गतेदेखि मात्रै लागू भएको हो ।
२०८३ असार मसान्तसम्म खपत भएको विद्युतको बिल साउन १ वा त्यसपछि जारी भए पनि साउनअघि खपत भएको विद्युतमा मूल्य अभिवृद्धि कर लाग्ने छैन ।
नेपाल विद्युत प्राधिकरणले स्वीकृत महसुल दरअनुसार लिने न्यूनतम शुल्क तथा माग शुल्क पनि विद्युत सेवाकै हिस्सा भएकाले २०८३ साउन १ गतेदेखि भएको विद्युत खपतमा ती शुल्कमा समेत मूल्य अभिवृद्धि कर लाग्ने विभागले स्पष्ट गरेको छ ।









प्रतिक्रिया दिनुहोस्