Skip to content

प्रधानमन्त्री बालेनको निर्देशनपछि फुटवेयर व्यवसायीसँग भेटे श्रममन्त्री यादवले

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको साउन १ गते फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन नेपाल (एफएमएएन)का पदाधिकारीहरूसँग गरेपछि युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले भेट गरेका छन् ।

प्रधानमन्त्री शाहको निर्देशनपछि श्रममन्त्री यादवले भेटेका हुन् ।

नेपाली युवाहरूका लागि सीप विकास तथा रोजगारीका अवसर सिर्जना गर्ने सम्बन्धमा एसोसिएसनका प्रतिनिधिहरूसँग भेट भएको बताइएको छ ।

भेटमा फुटवेयर उद्योगमा आवश्यक पर्ने सीपयुक्त जनशक्ति निर्माण गरी विगतका सीप, तालिम तथा रोजगार कार्यक्रमहरूबाट गर्नुपर्ने सिकाइका विषयमा छलफल गरे ।

छलफलमा फुटवेयर उद्योगमा भविष्यमा सहकार्य गर्न सकिने क्षेत्रहरूका विषयमा समेत छलफल भएको छ ।

सोही क्रममा मन्त्री यादवले ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’ अभियानलाई सफल बनाउन सरकार र फुटवेयर उद्योगलगायतका निजी क्षेत्रबिचको सहकार्यलाई अझ प्रभावकारी, परिणाममुखी र दिगो बनाउने विषयमा मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

भेटघाटमा फुटवेयर उद्योगका प्रतिनिधीहरुले १८ देखि २० हजार जनालाई रोजगार दिने प्रतिबद्धता व्यक्त गरे । देशमा आन्तरिक रोजगारी सिर्जना गरी युवाहरूलाई देशमै अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिकाबारे छलफल गरिएको छ । छलफलमा सरकारले सिपयुक्त जनशक्ति निर्माण गर्ने र निजी क्षेत्रले रोजगारी दिने कुरामा निरन्तर सहकार्य रहनेबारे समेत छलफल गरिएको छ।

रोजगारी सिर्जना गर्न मर्यादित श्रमको उपयुक्त वातावरण निर्माण गर्न श्रम र रोजगार प्रणाली स्थापना गर्न यो संवाद र सहकार्यले विशेष महत्त्व राख्ने विश्वास राखिएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi