Skip to content

सिजी ब्रान्डले गर्यो ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधियुक्त एकढोके फ्रिज सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम मेरिडिया सिरिज अन्तर्गत अत्याधुनिक प्रविधिसहितका चार नयाँ एकढोके (सिंगल डोर) रेफ्रिजरेटर सार्वजनिक गरेको छ।

बजारमा ल्याइएका नयाँ मोडलहरू सीजीएमएस–२२०डीएलआरआई, सीजीएमएस–२२०डीएलबीआई, सीजीएमएस–२२०एलआरआई र सीजीएमएस–२२०एलबीआई हुन्। यी रेफ्रिजरेटरको कुल क्षमता २०० लिटर तथा प्रयोगयोग्य (नेट) क्षमता १९० लिटर रहेको छ। घरको भान्सालाई अझ आकर्षक र आधुनिक बनाउन यी फ्रिजहरू लिफी वाइन र लिफी ब्लु रंगमा उपलब्ध छन्।

प्रमुख विशेषताहरू

डिजिटल इन्भर्टर कम्प्रेसरः
अत्याधुनिक डिजिटल इन्भर्टर कम्प्रेसर जडान गरिएकाले कम विद्युत् खपतमा उच्च कार्यक्षमता प्रदान गर्नुका साथै ११० भोल्ट जति कम भोल्टेजमा पनि सहज रूपमा सञ्चालन हुन्छ।

उन्नत शीतलीकरण प्रविधिः
फ्रिजभित्रको तापक्रम छिटो र समान रूपमा कायम राख्न टर्बो कुलिङ तथा उन्नत क्यापिलरी कुलिङ प्रविधि प्रयोग गरिएको छ, जसले खाद्यवस्तुलाई लामो समयसम्म ताजा राख्न सहयोग पुर्‍याउँछ।

ताजगी र भण्डारण सुविधाः
फलफूल तथा तरकारी लामो समयसम्म ताजा राख्न फार्म फ्रेसनेस प्रविधि समावेश गरिएको छ। साथै, धेरै मात्रामा तरकारी राख्न मिल्ने विशाल तरकारी ट्रे (जम्बो भेगिटेबल ट्रे) पनि उपलब्ध छ।

ड्राइ बास्केट र एप्रोन बेसः
सीजीएमएस–२२०डीएलआरआई र सीजीएमएस–२२०डीएलबीआई मोडलमा प्याज, आलुजस्ता बाहिर राख्नुपर्ने सामग्री व्यवस्थित रूपमा भण्डारण गर्न छुट्टै ड्राइ बास्केट राखिएको छ। त्यसैगरी, किफायती मूल्यमा प्रिमियम डिजाइन चाहने ग्राहकका लागि सीजीएमएस–२२०एलआरआई र सीजीएमएस–२२०एलबीआई मोडलमा आकर्षक एप्रोन बेस उपलब्ध गराइएको छ।

सुरक्षा सुविधाः
सबै मोडलमा खाद्य सामग्री सुरक्षित राख्न लक तथा साँचो (लक एन्ड की) को सुविधा दिइएको छ।

सिजी ब्रान्डको मूल नारा ‘एक्सपेरियन्स लाइफ विथ सीजी’ अनुरूप आधुनिक प्रविधि, ऊर्जा बचत, आकर्षक डिजाइन तथा नेपाली उपभोक्ताको दैनिक आवश्यकतालाई ध्यानमा राखेर यी नयाँ फ्रिजहरू विकास गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसले नेपाली परिवारलाई स्मार्ट, सहज र झन्झटमुक्त जीवनशैलीको अनुभव प्रदान गर्नेछ।

मेरिडिया सिरिज सिजी ब्रान्डको प्रिमियम सिग्नेचर उत्पादन शृङ्खला हो। अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र विलासीपनको संयोजनमा तयार गरिएका यस सिरिजका उपकरणहरू आधुनिक जीवनशैलीलाई अझ सहज, सुविधायुक्त र परिष्कृत बनाउने उद्देश्यले विकास गरिएको कम्पनीको भनाइ छ।

चार दशकभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौँ नेपाली परिवारको विश्वास जित्दै आएको जनाएको छ।

सिजीका नयाँ मेरिडिया सिरिजका रेफ्रिजरेटरहरू देशभर रहेका २१ वटा अत्याधुनिक सीजी डिजिटल शोरुम, कम्पनीका आधिकारिक वेबसाइट, तथा नेपालभरका आधिकारिक बिक्री केन्द्रबाट खरिद गर्न सकिनेछ। साथै, कम्पनीले देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi