काठमाडौं । आज सुनको मूल्य केही बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
बुधबारको तुलनामा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार र चाँदीको मूल्य ४ हजार ३१० रुपैयाँ कायम भएको छ ।
बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय र चाँदीको मूल्य ४ हजार ३२० रुपैयाँ रहेको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७६ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।







प्रतिक्रिया दिनुहोस्