Skip to content

सिरहाको झडपमा गोली लागेका एक जनाको मृत्यु

काठमाडौं । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अबरुद्ध गरेर प्रदर्शन गरिरहेका सिरहाको औरही गाउँपालिकाका १५ वर्षीय गणेश यादवको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले राससलाई जानकारी दिए ।

“गोली लागेर यादवको मृत्यु भएको जानकारी प्राप्त भएको छ तर कसले चलाएको गोलीबाट मृत्यु भएको हो भने खुल्न नसकेको छैन”, प्रजिअ पौडेलले भने, “यसबारे अनुसन्धान भइरहेको छ ।”

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi