काठमाडौं । राहदानी विभागले सार्वजनिक बिदाको दिन पनि आवेदन फारम खुलाउने भएको छ ।
विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर आगामी सोमबारसम्म (सार्वजनिक बिदाका दिन शनिबार र आइतबार समेत) आवेदन फारम खुलाइएको बताइएको छ ।
विभागका अनुसार वैदेशिक विभागले साउन १४ गते जारी गरेको सूचना बमोजिम दक्षिण कोरियाको रोजगारी अनुमित प्रणाली (ईपीएस) को लागि आवेदन भर्न सकिने म्याद थप भएको भएर आवेदन फारम खुलाइएको जनाइएको छ ।
विभागले फारममा उल्लेख गरेको मिति र समयमा नै विभागमा उपस्थित हुन भनिएको छ ।







प्रतिक्रिया दिनुहोस्