Skip to content

बैंकिङ कसुर मुद्दामा प्रभु बैंकको पूर्व चिफ बिजनेस अफिसर पन्तसहित ४ जना पक्राउ

काठमाडौं । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा संलग्न चार फरार प्रतिवादी पक्राउ परेका छन् ।

नेपाल राष्ट्र बैंकको पत्रका आधारमा शशिधर शर्मासमेत भएको बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुरमा संलग्न उनीहरु पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर बैतडीका रश्मि पन्त, गुल्मीका सन्तोष ज्ञवाली र राजेन्द्र श्रेष्ठ तथा रूपन्देहीका शिशिर पौडेल रहेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको ब्यूराका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi