Skip to content

लघुवित्त पीडित र सरकारको वार्ता स्थगित, भोली पुन: बस्ने

काठमाडौ‌ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त पीडितबिचको वार्ता आजका लागि .सकिएको छ।

आजको वार्ता सकारात्मक र समाधान उन्मुख रहेको मन्त्रालयले जनाएको छ। वार्ता शुक्रबार फेरि हुने गरी आजका लागि स्थिगत भएको छ ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका थिए । बिहीबार अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठन भएको वार्ता टोलीले आजै पीडितहरूसँग वार्ता गरेको हो ।

समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् भने सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य रहेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi