Skip to content

सेयर बजारमा १६.२९ अंककाे गिरावट, २०६ कम्पनीको मूल्य घट्यो 

काठमाडौं । बिहीबार पनि सेयर बजार घटेको छ । अघिल्ला तीन कारोबार दिनदेखि घटिरहेको सेयर बजार बिहीबार पनि घटेको हो ।
बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १६.२९ अंक घटेर २६७२.५८ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स २.३१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७७ अंक घटेका छ।
सेयर बजारसंगै आज कारोबार रकम पनि घटेको छ।  अघिल्लो कारोबार दिन अर्थात् बुधबार ४ अर्ब २ करोड रुपैयाँबराबरको सेयर  कारोबार भएको बजारमा आज ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँबराबरको कारोबार भएको हो ।
बिहीबार काराेबारमा आएको २०६ कम्पनीकाे सेयर मूल्य घटेको छ । बाँकी ५९ कम्पनीकाे सेयर मूल्य बढ्दा ११ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ।
आज कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक घटेको छ। आज कारोबारमा आएको एभरेष्ट कलर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। कारोबारमा आएको कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक १४.९९ प्रतिशत घटेको छ। आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे १२ प्रतिशतभन्दा बढी घटेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi