काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न भएको छ ।
चितवनमा साउन १४ देखि १७ गतेसम्म ४ दिन विभिन्न कार्यक्रम गरी सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८२/८३ को समिक्षा, नयाँ आर्थिक वर्ष २०८३/८४ रणनीति, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्य गर्ने कर्मचारी, शाखा, शाखा प्रमुख, प्रदेश प्रमुखलाई सम्मान र पावर अफ माइन्ड सेट फर विजनेस ग्रोथको तालिमका साथ कार्यक्रम सम्पन्न भएको हो ।
इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा गरेको व्यवसाय अघिल्लो आर्थिक वर्ष भन्दा राम्रो बृद्धिदर भएकाले सम्पूर्ण कर्मचारी, अभिकर्ता, बीमित लगायतलाई धन्यवाद दिए ।
आगामी आर्थिक वर्षको व्यवसायीक रणनीतिका बारेमा प्रष्ट पार्दै ढुक्कले अघि बढ्न हौसला समेत प्रदान गरे । आर्थिक वर्ष २०८२/८३ उत्कृष्ट कार्य गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ लगायतलाई विशेष सम्मान गरेको थियो ।
कार्यक्रममा आचार्य राजा बाबु साहको पावर अफ माइन्ड सेट फर विजनेस ग्रोथ ट्रेनिङ सेसनले व्यवसायीक क्षमता बृद्धि गर्न उर्जा प्रदान गरेको थियो ।
कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कम्पनीले आगामी दिनमा अझ ठूला सफलता प्राप्त गर्न विगतका अनुभवबाट सिकेर सुधार गर्दै अगाडी जानु पर्ने बताए ।
कम्पनीका नायब महाप्रबन्धक तथा नेशनल सेल्स हेड सोन बहादुर मगरले आर्थिक वर्ष २०८३/८४ को व्यवसायीक रणनीति बारे प्रष्ट पारे । कम्पनीका व्यवस्थापन, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरु, सेल्स एक्जुकेटिभ गरी देशैभरीबाट करिब २०० जनाको कार्यक्रममा उपस्थिति रहेको थियो ।







प्रतिक्रिया दिनुहोस्