काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज ‘क’ वर्गका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग छलफल गर्ने भएका छन्।
अर्थ मन्त्रालयमा दिउँसो ३ बजे हुने छलफलमा सरकारले बजेटमार्फत घोषणा गरेका आर्थिक सुधारका कार्यक्रमको कार्यान्वयनमा बैंकहरूको भूमिका, वित्तीय प्रणालीको वर्तमान अवस्था तथा बैंकिङ क्षेत्रका समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
मन्त्रालयका अनुसार छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुनेछन्।





प्रतिक्रिया दिनुहोस्