Skip to content

६ वाणिज्य बैंकले कमाए साढे २९ अर्बभन्दा बढी नाफा, कुनको कति ? 

काठमाडौं । गत आर्थिक वर्ष २०८२–८२ मा ६ वाणिज्य बैंकले साढे २९ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन् । यस अवधिमा सञ्चालन रहेको २० वाणिज्य बैंकमध्येको ६ वाणिज्य बैंकले २९ अर्ब ५६ करोड ७७ लाख ४४ हजार रुपैयाँ नाफा कमाउन सफल भएका हुन ।
बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष यी ६ बैंकले २४ अर्ब १६ करोड २४ लाख ८९ रुपैयाँ नाफा कमाएको थियो ।
वित्तीय विवरण सार्वजनिक गरेका ६ बैंकमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल बैंक नबिल बैंक रहेको छ। यस बैंकले गत आर्थिक वर्षमा ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.४९ प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्षमा यस बैंकले ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यसैगरी, दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंक रहेको छ । यस बैंकले गत आवमा ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको नाफा एक वर्षमा  २२.६७ प्रतिशतले बढेको हो।
यसैगरी, एभरेष्ट बैंकले ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको ४ अर्ब ८३ करोड ९९ लाख ३ हजार रुपैयाँको तुलनामा बैंकको नाफा ४.७५ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, एनएमबी बैंकले ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँको तुलनामा बैंकको नाफा ४०.६० प्रतिशतले बढेको छ। नाफा वृद्धिदरका आधारमा भने एनएमबी बैंक सबैभन्दा अगाडि रहेको छ।
सिद्धार्थ बैंकले ३ अर्ब ५१ करोड ९४ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको ३ अर्ब ३६ करोड ६५ लाख ९४ हजार रुपैयाँको तुलनामा बैंकको नाफा ४.५४ प्रतिशतले वृद्धि भएको हो।
यस्तै, सानिमा बैंकले २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको २ अर्ब १० करोड २९ लाख ६ हजार रुपैयाँको तुलनामा बैंकको नाफा ३४.६६ प्रतिशतले बढेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T