काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
अघिल्लो आवको तुलनामा गत आवको असार मसान्तसम्म बैंकको नाफा २२.६७ प्रतिशतले बढेर ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ५ अर्ब ७ करोड ६३ लाख रहेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड ३० लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन आम्दानी २.६१ प्रतिशतले बढेर २१ अर्ब ८० करोड ३९ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा २० प्रतिशतले भनेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ । बैंकको लाभांश दिने क्षमता १२.०२ रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १६.३४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८३.१४ रुपैयाँ रहेको छ । कैंकको निष्कृय कर्जा ४.८६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ ।
३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २७ अर्ब १० करोड ९३ लाख रुपैयाँ रहेको छ ।
बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।





प्रतिक्रिया दिनुहोस्