Skip to content

गुरु ट्राभल्स र डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसबीच समझदारी

काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स र डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसबीच व्यवसायिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअन्तर्गत डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले गुरु ट्राभल्सका कर्मचारी तथा सरोकारवालाहरूलाई आफ्नो आवास, खाना तथा पेय पदार्थ सेवा र अन्य सेवाहरूमा २० प्रतिशतसम्म विशेष छुट पाउनेछन् ।

गुरु ट्राभल्सले डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसका कर्मचारी तथा सरोकारवालाहरूलाई अन्तर्राष्ट्रिय भ्रमण प्याकेजहरूमा १० हजार सम्मको नगद छुट उपलब्ध गराउने छ ।

कार्यक्रममा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसका अध्यक्ष रामनाथ मैनालीले सहकार्यले दुवै संस्थाबीच दीर्घकालीन व्यावसायिक सम्बन्ध स्थापना गर्दै ग्राहक तथा सरोकारवालाहरूलाई गुणस्तरीय आतिथ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले यो समझदारीले दुवै संस्थाका कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूलाई विशेष सुविधा उपलब्ध गराउनुका साथै नेपालमा पर्यटन प्रवर्द्धन लाई थप टेवा पुर्याउँदै, पर्यटन तथा आतिथ्य क्षेत्रबीचको सहकार्यलाई अझ मजबुत बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

दुवै संस्थाले भविष्यमा ग्राहक तथा सरोकारवालामुखी नवीन सेवाहरू विकास गर्दै दीर्घकालीन रणनीतिक सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima