Skip to content

पोखराबाट फ्लाइ दुबईको नियमित अन्तर्राष्ट्रिय उडान सुरु, पहिलो उडानमा ११३ यात्रु

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को कम लागतको वायुसेवा कम्पनी फ्लाइ दुबईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सेवा सुरु गरेको छ।

आज दुबईबाट ११३ जना यात्रु बोकेर आएको फ्लाइ दुबईको विमान पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। विमान अवतरणसँगै विमानस्थलमा पानीको फोहोरा (वाटर क्यानन सलामी) मार्फत विशेष स्वागत गरिएको थियो।

विमानस्थलमा स्थानीयवासी, पर्यटन व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले यात्रुहरूको स्वागत गरेका थिए। यात्रुका आफन्तसमेत स्वागतका लागि विमानस्थल पुगेका थिए।

फ्लाइ दुबईको उक्त विमान पोखराबाट फर्किँदा १५३ जना यात्रु लिएर दुबई प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको नियमित उडान सुरु हुनु पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ। यस उडानले विशेषगरी मध्यपूर्वमा रहेका नेपाली कामदार, व्यवसायी तथा पर्यटकलाई प्रत्यक्ष हवाई सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima