काठमाडौं । आइकारको नयाँ एसयूभी आइकार भी–२७ नेपाली बजारमा सार्वजनिक भएको छ ।
नेपालका लागि आइकारको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरेको छ ।
ईआरईभी प्रविधिमा आधारित यो एसयूभीले विद्युतीय मोटरबाट ड्राइभ गर्ने तथा लामो यात्राका लागि पेट्रोल इन्जिनमार्फत अतिरिक्त ऊर्जा उपलब्ध गराउने प्रणाली प्रयोग गर्छ ।
भी–२७ मा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र ३४.३ किलोवाट आवरको सीएटीएल एलएफपी ब्याट्री दिइएको छ । कम्पनीका अनुसार यसले २१० किलोमिटरसम्म प्योर इलेक्ट्रिक रेन्ज दिन्छ ।
आइकार भी–२७ अल ह्वील ड्राइभ (एडब्ल्यूडीं) र रियर ह्वील ड्राइभ प्रणालीमा उपलब्ध रहेको जनाइएको छ ।
एडब्ल्यूडी भर्सनले अधिकतम ३३६ किलोवाट पावर तथा ५०५ न्यूटन मिटर टर्क उत्पादन गर्छ । शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.५ सेकेन्ड रहेको छ ।
आरडब्ल्यूडी भर्सनमा १८५ किलोवाट पावर र ३०० न्यूटन मिटर टर्क उत्पादन हुन्छ ।
आइकार भी–२७ आकारमा समेत ठूलो एसयूभी हो । यसको लम्बाइ ५ हजार ५५ मिलिमिटर, चौडाइ १ हजार ९७६ मिलिमिटर र उचाइ १ हजार ८९४ मिलिमिटर रहेको छ । यसको ह्वीलबेस २ हजार ९१० मिलिमिटर छ।
गाडीको ड्यासबोर्डमा १५.४ इन्चको २.५ के इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ ।
गाडीमा स्न्यापड्रागन ८ हजार २९५ पी चिपसेट, २३ स्पिकरको अडियो सिस्टम, लेदर इन्टेरियर, फराकिलो रियर लेगरुम तथा प्यानोरामिक सनरुफलगायतका सुविधा छन् ।
यसमा ७ वटा एयरब्याग, एबीएस, ईबीडी लगायतका सुरक्षा फिचर पनि समावेश गरिएको छ।





प्रतिक्रिया दिनुहोस्