काठमाडौं । कीर्तिपुर नगरपालिका–३, सागलस्थित ससःत्वा हस्पिटालिटी प्रालि र प्रभु बैंक लिमिटेडबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।
साउन २८ गते भएको सम्झौतामा प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेसका प्रमुख लेखबहादुर पुन र कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन तथा ससःत्वा हस्पिटालिटीका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशान महर्जनले हस्ताक्षर गरेका छन्। सम्झौतापछि दुवै पक्षले सम्झौतापत्र आदान–प्रदान गरेका थिए।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले ससःत्वा हस्पिटालिटीका सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्नेछन्। बैंकका ग्राहक, कर्मचारी तथा वैध परिचयपत्र भएका सेवाग्राहीले खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
ससःत्वा हस्पिटालिटीको सेवा तथा सुविधा लिँदा छुट प्राप्त गर्न प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा बैंकको अन्य विद्युतीय भुक्तानी प्रणालीमार्फत बिल भुक्तानी गर्नुपर्नेछ।
प्रभु बैंकले नेपालभर रहेका ३०० शाखा कार्यालय, २६५ एटीएम तथा ६६ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकले ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्