काठमाडौं । माच्छापुच्छ्रे बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म अपरिस्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १२.२३ ले बढेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ८८ करोड ३६ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ रहेकामा गत आवको सोही अवधिमा बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ रहेको छ ।
यस्तै बैंकको खुद फि तथा कमिशनबाट हुने आम्दानी १ अर्ब २८ करोड ५१ लाख रुपैयाँबाट बढेर १ अर्ब ५८ करोड ५७ लाख रुपैयाँ रहेको छ ।
बैंकको सञ्चालन नाफा ३ अर्ब १४ करोड ७६ लाख ४१ हजार रुपैयाँबाट बढेर ३ अर्ब १६ करोड ४७ लाख २९ हजार रुपैयाँ रहेको छ । गत आवको असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९८ करोड १९ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
१५ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख १९ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले २ खर्ब २० अर्ब ४९ करोड ८४ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरेको १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख २७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९ पैसा रहको छ । बैंकको निष्कृय कर्जा ३.९८ प्रतिशत रहेको छ ।





प्रतिक्रिया दिनुहोस्