Skip to content

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा बढेर ३७ करोड ५५ लाख

nabil
global ime

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको असार मसान्तसम्मको अपरिस्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा कम्पनीको नाफा १.३१ प्रतिशतले बढेर ३७ करोड ५५ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ३७ करोड ७ लाख ४३ हजार रुपैयाँ रहेको थियो।

यो अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २०.९७ प्रतिशत बढेर ६ अर्ब २६ करोड ५७ लाख ३३ हजार रुपैयाँ रहेको छ । यस्तै कुल आम्दानी १३.६३ प्रतिशतले बढेर ७ अर्ब ५१ करोड ९४ लाख १३ हजार पुगेको छ ।

कम्पनिको कुल दाबी भुक्तानी १४.२१ प्रतिशतले बढेर ५ अर्ब ५२ करोड ८६ लाख ३२ हजार रहेको छ । यस्तै खर्च १४.३६ प्रतिशत बढेर ७ अर्ब १४ करोड ३८ लाख २० हजार रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ५८ पैसा छ । यस्तै मूल्य आम्दानी अनुपात ६१.२० गुणा रहेको छ।

५ अर्ब ३० करोड ७७ लाख ९३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको सेयर प्रिमियम १ करोड ९३ लाख ५२ हजार रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड ८५ रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४२ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T