Skip to content

वाणिज्य बैंकहरूको नाफा ३९.७८ प्रतिशतले बढ्यो, कुमारी र हिमालयन बैंकको उच्च वृद्धि

काठमाडौं । गत आर्थिक वर्ष २०८२–८३ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ वाणिज्य बैंकले आफ्नो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। वित्तीय विवरण सार्वजनिक गर्ने १४ वाणिज्य बैंकमध्ये १३ वटा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा बढाएका छन् भने एक बैंक भने नोक्सानीमा गएको छ।
बैठकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार १४ वाणिज्य बैंकको कुल खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.७८ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८१–८२ मा यी १४ बैंकले कुल ३८ अर्ब २६ करोड ७७ लाख रुपैयाँ नाफा कमाएका थिए। गत आर्थिक वर्ष २०८२–८३ मा यस्तो नाफा बढेर ५३ अर्ब १२ करोड ५ लाख ९५ हजार रुपैयाँ पुगेको छ।
नाफा रकमका आधारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ। बैंकले गत आर्थिक वर्ष ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ थियो। यस आधारमा नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढेको हो।
यसैगरी, नाफा धेरै भएको दोस्रो बैंक कुमारी बैंक रहेको छ । कुमारी बैंक सबैभन्दा धेरै बढाउने बैंकहरुमध्ये पनि दोस्रो बैंकमा परेको छ । यस बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३०५.९६ प्रतिशतले बढेको छ। बैंकले गत आवमा ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा बैंकको नाफा १ अर्ब ८१ करोड ९६ लाख ९८ हजार रुपैयाँ रहेको थियो।
ग्लोबल आइएमई बैंकले गत आवमा ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा २२.६७ प्रतिशतले बढेको हो।
एभरेस्ट बैंकले गत आर्थिक वर्ष ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकको नाफा ४ अर्ब ८३ करोड ९९ लाख ३ हजार रुपैयाँ थियो। बैंकको नाफा ४.७५ प्रतिशतले बढेको हो।
सिद्धार्थ बैंकले गत आवमा ३ अर्ब ५१ करोड ९४ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा ३ अर्ब ३६ करोड ६५ लाख ९४ हजार रुपैयाँ नाफा रहेकोमा बैंकको नाफा ४.५४ प्रतिशतले बढेको हो।
एनएमबी बैंकको नाफा ४०.६० प्रतिशतले बढेको छ। बैंकले गत आवमा ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा बैंकको नाफा २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँ थियो।
सानिमा बैंकले गत आर्थिक वर्ष २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा २ अर्ब १० करोड २९ लाख ६ हजार रुपैयाँ नाफा रहेको बैंकको नाफा ३४.६६ प्रतिशतले बढेको हो।
प्राइम कमर्सियल बैंकले गत आवमा ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा बैंकको नाफा ३ अर्ब २० करोड ७ लाख ५८ हजार रुपैयाँ थियो। यसअनुसार बैंकको नाफा २८.४९ प्रतिशतले बढेको छ।
सिटिजन्स बैंक इन्टरनेसनलको नाफामा उल्लेख्य वृद्धि भएको छ। बैंकले गत आवमा २ अर्ब ९ करोड ८६ लाख ३ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा १ अर्ब २८ करोड ७० लाख ७५ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा ६३.०५ प्रतिशतले बढेको हो ।
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा २ अर्ब ८३ करोड ६० लाख २ हजार रुपैयाँ थियो। बैंकको नाफा ६०.६८ प्रतिशतले बढेको हो।
नेपाल एसबीआई बैंकले गत आवमा २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा १ अर्ब ८१ करोड ९ लाख ६० हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा १२.८९ प्रतिशतले बढेको छ।
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा १ अर्ब ८८ करोड ३६ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा १२.२४ प्रतिशतले बढेको छ।
अघिल्लो आवको तुलनामा गत आवमा प्रभु बैंक भने नाफाबाट नोक्सानीमा गएको छ। बैंकले गत आर्थिक वर्ष २४ करोड १२ लाख ४३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ८७ करोड २३ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो।
यसैगरी, हिमालयन बैंकको नाफामा सबैभन्दा धेरै बढेको छ ।  यस बैंकले गत आवमा १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा बैंकको नाफा १२ करोड ९७ लाख २६ हजार रुपैयाँ मात्रै थियो। यस आधारमा बैंकको नाफा १,०४१.१६ प्रतिशतले बढेको हो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T