Skip to content

बैंकको ब्याजदर घट्नेक्रम भदौमा पनि रोकिएन, कुनको कति ?

काठमाडौं । अहिले पनि वाणिज्य बैंकको ब्याजदर औषतमा घट्ने क्रम रोकिएको छ ।

बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार भदौ १ देखि लागू हुने ब्याजदर पनि औषतमा घटेको छ । बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा दिने ब्याजदर औषतमा ०.०३१५ प्रतिशतले घटेको छ ।
साउनमा बैंकको ब्यादजर औषतमा ४.१६ प्रतिशत रहेको थियो । भदौका लागि औषतमा ४.१३ प्रतिशत रहेको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता छ । कर्जाको माग न्यून छ । जसले पनि ब्याजदर घटाउँदै गएको छ । साउनको तुलनामा भदौमा ५ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकममा नेपाल बैंक, सिटिजन्स, स्टयान्डर्ड चार्टर्ड, कुमारी र सिद्धार्थ बैंक रहेका छन् । सिद्धार्थले व्यक्तिगत मुद्धति निक्षेपमा ब्याजदर ०.२९ प्रतिशतविन्दुले घटाएको छ । नयाँ ब्याजदर ३.७६ प्रतिशत रहेको छ ।

नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ब्याज ०.१ प्रतिशतविन्दुले घटाएर ४.१५ प्रतिशत रहेको छ भने सिटिजन्स बैंकले व्यक्तिगत मु्द्दति निक्षेपमा ब्याज ०.१ प्रतिशत बिन्दुले घटाएर ३.८५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत बिन्दुले घटाएर ३.८ प्रतिशत र कुमारी बैंकको ०.०९ प्रतिशत बिन्दुले घटाएर ३.७६ प्रतिशत रहेको छ ।

बाँकी १५ बैंकको ब्याजदर साउनकै निरन्तरता रहेको छ । भदौमा सबैभन्दा धेरै ब्याजद नबिल बैंक र प्रभु बैंकले ४.५५ प्रतिशत दिने जनाएका छन् । सबै भन्दा कम कुमारी र सिद्धार्थको ३.७६ प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T