काठमाडौं । बुधबारको सेयर बजार स्थिर रहेको छ । बुधबार सेयर बजार मापक नेप्सेपरिसूचक ०.०० प्रतिशतमा स्थिर रहेको छ ।
आज नेप्से मापक परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ बिन्दुमा रोकिएको छ । मंगलबार नेप्से परिसूचक १९.३४ अंकले घटेको थियो ।
आज सेयर कारोबार रकममा भने गिरावट आएको छ । मंगलबार ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ३ अर्ब २९ करोड ८० लाख १९ हजार रुपैयाँकोमात्र सेयर कारोबार भएको हो ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ५ उपसमूहको सेयर मूल्य बढेको छ । बाँकी उपसमूहहरूको सेयर मूल्य घटेको छ ।
आज कारोबारमा आएको ११० कम्पनीको सेयर मूल्य बढेको छ । १५० कम्पनीको सेयर मूल्य घटेको छ भने १८ कम्पनीको सेयर मूल्य यथावत् रहेको छ ।
आज माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरै बढेको छ ।
प्रतिक्रिया दिनुहोस्