काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरेको छ।
भक्तपुरको राधे–राधेस्थित रोयल थाई हस्पिटालिटीमा आयोजित कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखाका एडीएम, उत्कृष्ट अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी तथा क्षेत्रीय प्रबन्धकहरू सनत सत्याल, मुरारी प्रसाद तिवारी र आलोक खड्कालगायतको उपस्थिति थियो। कार्यक्रमको स्वागत मन्तव्य क्षेत्रीय प्रबन्धक आलोक खड्काले गरेका थिए।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एडीएम तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। साथै, एमडीआरटी हासिल गर्न सफल अभिकर्तालाई समेत विशेष सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बजार अधिकृत गणेश चौलागाईंले बागमती प्रदेशका अभिकर्ताले कम्पनीको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले आगामी दिनमा पनि उत्कृष्ट नतिजा हासिल गर्न अभिकर्तालाई प्रोत्साहन गर्दै कम्पनीले अभिकर्तामुखी कार्यक्रम, योजना तथा प्रोत्साहनमूलक योजना सञ्चालन गर्दै आएको बताए।
प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले आफ्नो छुट्टै पहिचान र व्यवसायिक छवि निर्माण गर्न सफल हुनुमा अभिकर्ता तथा एजेन्सी सञ्जालको महत्वपूर्ण योगदान रहेको बताए। उनले आगामी दिनमा अभिकर्तालाई थप सक्षम, सशक्त र व्यावसायिक बनाउँदै कम्पनीको व्यवसाय विस्तारलाई निरन्तरता दिने बताए।
उनले बागमती प्रदेश जीवन बीमाको व्यवसाय विस्तारका दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै अभिकर्ताको सक्रियता र नेतृत्व क्षमताले कम्पनीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
कम्पनीका अनुसार कार्यक्रमले अभिकर्ताबीच आपसी सम्बन्ध, नेतृत्व विकास, उत्प्रेरणा तथा व्यवसायिक क्षमता अभिवृद्धिमा समेत सकारात्मक योगदान पुर्याएको छ।
सन नेपाल लाइफले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले बीमाको पहुँच विस्तार, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यवसायिक विकाससँगै अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउने कार्यलाई प्राथमिकता दिँदै आएको छ।





प्रतिक्रिया दिनुहोस्