काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही बिहीबारदेखि टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ। भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा ग्राहकले आफ्नो पुरानो गाडी दिएर नेपालमा हालै सार्वजनिक गरिएका नयाँ पन्च ईभी र नयाँ टियागो ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ग्राहकले पुरानो गाडीलाई डाउनपेमेन्टका रूपमा प्रयोग गरी टाटा मोटर्सका नयाँ गाडी खरिद गर्न सक्नेछन्। योजनाअन्तर्गत गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसरिज तथा निःशुल्क होम चार्जिङ जडानलगायतका सुविधा पाउनेछन्।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा नयाँ पन्च ईभी र नयाँ टियागो ईभी विशेष अफरसहित सार्वजनिक गरिएको थियो। नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
अत्याधुनिक ‘एक्टिभईभी’ प्लेटफर्ममा आधारित नयाँ पन्च ईभी ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालको सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ।
नयाँ पन्च ईभीमा १९५ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स, बीएनसीएपीबाट ५(स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सी फास्ट चार्जिङ, आवाजबाट सञ्चालन गर्न सकिने सनरुफ, २६.०३ सेन्टिमिटरको हार्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायतका सुविधा रहेका छन्।
त्यस्तै, दैनिक आवतजावतलाई सहज र सुविधाजनक बनाउने उद्देश्यले ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली तथा ६ वटा एयरब्यागलगायतका सुविधा उपलब्ध छन्।
टाटा कार्निभलको चौथो संस्करणमार्फत ग्राहकले पुरानो गाडीको उचित मूल्यांकनसहित नयाँ विद्युतीय गाडीमा सहज रूपमा अपग्रेड हुने अवसर पाउने कम्पनीले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्