काठमाडौं । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहनु, निक्षेपको लागत घट्नु तथा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा वाणिज्य बैंकहरूको आधार दर (बेसरेट) घट्ने क्रम जारी रहेको छ । आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्म २० वटै वाणिज्य बैंकको बेसरेट अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा वाणिज्य बैंकहरूको औसत बेसरेट ६.०४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासमा घटेर ४.८६ प्रतिशतमा झरेको छ । यस अवधिमा बैंकहरूको औसत बेसरेट १.१८ प्रतिशत बिन्दुले घटेको हो ।
सबैभन्दा धेरै बेसरेट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको घटेको छ । बैंकको बेसरेट ६.४४ प्रतिशतबाट ४.६४ प्रतिशतमा झरेको छ । एक वर्षमा बैंकको बेसरेट १.८० प्रतिशत बिन्दुले घटेको हो । प्रभु बैंकको बेसरेट ६.६६ प्रतिशतबाट ४.९९ प्रतिशतमा झर्दा १.६७ प्रतिशत बिन्दुले घटेको छ ।
प्राइम कमर्सियल बैंकको बेसरेट ६.४९ प्रतिशतबाट ४.९५ प्रतिशतमा झरेको छ । बैंकको बेसरेट १.५४ प्रतिशत बिन्दुले घटेको हो । लक्ष्मी सनराइज बैंकको बेसरेट ६.५० प्रतिशतबाट ५.०५ प्रतिशतमा झर्दा १.४५ प्रतिशत बिन्दुले घटेको छ । नबिल बैंकको बेसरेट ५.८३ प्रतिशतबाट ४.४४ प्रतिशतमा झरेको छ भने १.३९ प्रतिशत बिन्दुले घटेको छ ।
हिमालयन बैंकको बेसरेट ६.६३ प्रतिशतबाट ५.३१ प्रतिशतमा झर्दा १.३२ प्रतिशत बिन्दुले घटेको छ । सिद्धार्थ बैंकको बेसरेट ६.३४ प्रतिशतबाट ५.०२ प्रतिशतमा झरेको छ भने १.३२ प्रतिशत बिन्दुले कमी आएको छ । कृषि विकास बैंकको बेसरेट ५.८७ प्रतिशतबाट ४.५६ प्रतिशतमा झर्दा १.३१ प्रतिशत बिन्दुले घटेको छ ।
माछापुच्छ्रे बैंकको बेसरेट ६.३० प्रतिशतबाट ५.०४ प्रतिशतमा झरेको छ । बैंकको बेसरेट १.२६ प्रतिशत बिन्दुले घटेको हो । सिटिजन्स बैंकको बेसरेट ६.२५ प्रतिशतबाट ५.०४ प्रतिशतमा झर्दा १.२१ प्रतिशत बिन्दुले घटेको छ । एनआईसी एशिया बैंकको बेसरेट ७.०४ प्रतिशतबाट ५.८३ प्रतिशतमा झरेको छ भने १.२१ प्रतिशत बिन्दुले घटेको छ । सानिमा बैंकको बेसरेट ६.१२ प्रतिशतबाट ४.९१ प्रतिशतमा झर्दा १.२१ प्रतिशत बिन्दुले घटेको छ ।
नेपाल बैंकको बेसरेट ५.५८ प्रतिशतबाट ४.४५ प्रतिशतमा झरेको छ । बैंकको बेसरेट १.१३ प्रतिशत बिन्दुले घटेको हो । एभरेस्ट बैंकको बेसरेट ५.३६ प्रतिशतबाट ४.२५ प्रतिशतमा झर्दा १.११ प्रतिशत बिन्दुले घटेको छ । एनएमबी बैंकको बेसरेट ६.२२ प्रतिशतबाट ५.११ प्रतिशतमा झर्दा पनि १.११ प्रतिशत बिन्दुले कमी आएको छ ।
ग्लोबल आइएमई बैंकको बेसरेट ५.७६ प्रतिशतबाट ४.७५ प्रतिशतमा झरेको छ । बैंकको बेसरेट १.०१ प्रतिशत बिन्दुले घटेको हो । नेपाल एसबीआई बैंकको बेसरेट ६.२१ प्रतिशतबाट ५.२१ प्रतिशतमा झर्दा १.०० प्रतिशत बिन्दुले घटेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ४.७८ प्रतिशतबाट ४.२० प्रतिशतमा झरेको छ । बैंकको बेसरेट ०.५८ प्रतिशत बिन्दुले घटेको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको बेसरेट ४.९६ प्रतिशतबाट ४.४२ प्रतिशतमा झर्दा ०.५४ प्रतिशत बिन्दुले घटेको छ । सबैभन्दा कम कुमारी बैंकको बेसरेट घटेको छ । बैंकको बेसरेट ५.४४ प्रतिशतबाट ५.०८ प्रतिशतमा झर्दा ०.३६ प्रतिशत बिन्दुले घटेको हो ।
प्रतिक्रिया दिनुहोस्