काठमाडौं । वाणिज्य बैंकहरुको रिर्टन अन इक्यूटी (आरओई)मा सुधार देखिएको छ । वाणिज्य बैंकहरूको आरओईमा समग्र सुधार देखिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा औसत ७.४२ प्रतिशत रहेको बैंकहरुको आरओई गत आर्थिक वर्ष २०८२–८३ मा आउँला १.८१ प्रतिशतले बढेर ९.२४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म आउँदा सञ्चालनमा रहेको २० वाणिज्य बैंकमध्ये १४ बैंकको आरओई बढेको छ भने बाँकी ६ बैंकको घटेको छ ।
गत आर्थिक वर्षमा सबैभन्दा धेरै आरओई कुमारी बैंकको १६.४९ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा ४.९० प्रतिशत रहेको कुमारी बैंकको आरओई एक वर्षमा ११.५९ प्रतिशत बिन्दुले बढेको हो । त्यसपछि एभरेस्ट बैंकको आरओई १५.१० प्रतिशत, सानिमा बैंकको १४.३९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १२.८५ प्रतिशत रहेको छ ।
आरओईमा सबैभन्दा ठूलो सुधार भने एनआईसी एशिया बैंकको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा माइनस १४.०३ प्रतिशत रहेको बैंकको आरओई गत आर्थिक वर्षमा ०.७१ प्रतिशत पुगेको छ । यसअनुसार बैंकको आरओई १४.७४ प्रतिशत बिन्दुले सुधार भएको हो ।
कुमारी बैंकको आरओई ११.५९ प्रतिशत बिन्दुले बढेको छ । हिमालयन बैंकको ३.४८ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको २.९९ प्रतिशत बिन्दु, नेपाल बैंकको २.८७ प्रतिशत बिन्दु र सानिमा बैंकको २.६९ प्रतिशत बिन्दुले बढेको छ ।
त्यस्तै एनएमबी बैंकको आरओई २.२४ प्रतिशत बिन्दुले, प्राइम कमर्सियल बैंकको २.०७ प्रतिशत बिन्दु, नबिल बैंकको १.९९ प्रतिशत बिन्दु, एभरेस्ट बैंकको १.९१ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको १.२० प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको १.०३ प्रतिशत बिन्दु, नेपाल एसबीआई बैंकको ०.७८ प्रतिशत बिन्दु र माछापुच्छ्रे बैंकको ०.४० प्रतिशत बिन्दुले बढेको छ।
आरओई घट्ने बैंकमध्ये सबैभन्दा ठूलो गिरावट प्रभु बैंकको रहेको छ। प्रभु बैंकको आरओई २.६० प्रतिशतबाट घटेर माइनस ०.७१ प्रतिशत पुगेको छ। अर्थात् बैंकको आरओई ३.३१ प्रतिशत बिन्दुले घटेको हो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आरओई ७.२० प्रतिशतबाट ४.१५ प्रतिशतमा झर्दा ३.०५ प्रतिशत बिन्दुले घटेको छ। लक्ष्मी सनराइज बैंकको आरओई ९.४६ प्रतिशतबाट ६.७२ प्रतिशतमा झरेको छ भने २.७४ प्रतिशत बिन्दुले घटेको छ।
कृषि विकास बैंकको आरओई १०.२७ प्रतिशतबाट ७.८९ प्रतिशतमा झर्दा २.३८ प्रतिशत बिन्दुले घटेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको १४.२८ प्रतिशतबाट १२.८५ प्रतिशतमा झर्दा १.४३ प्रतिशत बिन्दुले घटेको छ। सिद्धार्थ बैंकको आरओई ११.४१ प्रतिशतबाट १०.६२ प्रतिशतमा झरेको छ भने ०.७९ प्रतिशत बिन्दुले घटेको छ।





प्रतिक्रिया दिनुहोस्