Skip to content

रविको चीन भ्रमण अनिश्चित, सांसदको टोली भने जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ । यसअघि अगस्ट दोस्रो साताका लागि तय गरिएको भ्रमण आन्तरिक तयारीलगायतका कारण सेप्टेम्बर दोस्रो सातासम्म सारिएको थियो । तर पछिल्लो तयारीअनुसार सेप्टेम्बरमा समेत लामिछाने चीन नजाने भएका छन् ।
लामिछानेको चीन भ्रमणको नयाँ मिति भने अहिलेसम्म तय भइसकेको छैन । भारत भ्रमणपछि चीन जाने तयारीमा रहेका लामिछानेले बेइजिङसहित अन्य स्थानको भ्रमण गर्ने कार्यक्रम बनाइएको थियो । यसअघि चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ताको तयारीसमेत रहेको बताइएको थियो ।
यता रास्वपाका सांसदहरूको टोली भने चीन जाने भएको छ । बेइजिङमा आयोजना हुने विकासशील देशका सांसदहरूको सेमिनारमा सहभागी हुन सांसदहरूको टोली चीन जाने तयारीमा रहेको छ । पाँच सदस्यीय उक्त टोलीको नेतृत्व प्रतिनिधिसभाका सांसद कमल सुवेदीले गर्ने बताइएको छ ।
लामिछानेको भ्रमण स्थगित हुनुको स्पष्ट कारण औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । स्रोतहरूले भने आन्तरिक परिस्थिति र भ्रमणको तयारीसँग सम्बन्धित विषयलाई कारणका रूपमा उल्लेख गरेका छन् । उनको चीन भ्रमण भविष्यमा उपयुक्त समयमा हुन सक्ने बताइएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T