Skip to content

टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर

काठमाडौं । टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै भोलि अगस्ट २४ देखि ‘टोयोटा विजय उत्सव’ सुरु गर्ने भएको छ। दशैंसम्म लागू हुने यस विशेष विजय उत्सव मार्फत ग्राहकहरूले टोयोटाका विभिन्न मोडलमा ठूलो छुट तथा आकर्षक अफर प्राप्त गर्ने अवसर पाउनेछन्।

नाइमा अटो शो २०२६ का क्रममा उपलब्ध विशेष अफरको लाभ लिन छुटेका ग्राहकहरूका लागि ‘टोयोटा विजय उत्सव’ अर्को ठूलो अवसरका रूपमा आएको टोयोटा नेपालले जनाएको छ। अटो शोमा सहभागी हुन नसकेका वा सो अवधिमा गाडी बुकिङ गर्न नपाएका ग्राहकहरूले अब दशैंको अवसरमा टोयोटाका गाडी खरिद गर्ने विशेष लाभ लिन सक्नेछन्।

‘टोयोटा विजय उत्सव’ विशेषगरी दशैंको उत्साहसँग जोड्दै ग्राहकलाई आफ्नो नयाँ यात्रा सुरु गर्ने अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। यस अवधिमा टोयोटाका विभिन्न मोडलमा विशेष तथा ठूलो छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।

‘नाइमा अटो शोमा छुटेको अवसर अब फेरि तपाईंको नजिक’ भन्ने भावनासहित सुरु हुने ‘टोयोटा विजय उत्सव’ दशैंसम्म सञ्चालन हुनेछ। टोयोटा नेपालले यस अवसरमा सहभागी भई विशेष अफरको लाभ उठाउन सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T