काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान भीषण बाढी आएपछि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनालाई उद्धार गरेका छन्।
नेपाली सेनाले टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट ५ जना, बेत्रावतीबाट ४ जना तथा त्रिशूलीबाट काठमाडौंसम्म ३ जनाको उद्धार गरेको जनाएको छ।
त्यसैगरी निजी क्षेत्रतर्फ कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवाबाट ३ जना, अन्नपूर्ण हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा ४ जना, प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले थप २ जना, फिसटेलले ५ जना र एभरेष्ट हेलिकप्टरले २ जनाको उद्धार गरेका छन्। प्रभु हेलिकप्टरले रसुवाबाट वीर अस्पतालसम्म थप २ जनालाई उद्धार गरेको छ।
बाढीपछि प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाइएको छ। हेलिकप्टरमार्फत उद्धार गरिएकामध्ये घाइते तथा उपचार आवश्यक परेकालाई काठमाडौंका अस्पतालमा ल्याइएको छ।






प्रतिक्रिया दिनुहोस्