Skip to content

अपर त्रिशूली थ्री बि आयोजनामा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन

बाढीले प्रभावित नुवाकोटको केन्द्रीय कारागार त्रिशूली (नुवाकोट), १० भदौः रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारमा बाढीले पुर्‍याएको क्षति । यहाँको प्रशासनिक भवन र नेपाल प्रहरीको सुरक्षा एकाईको भवनमा क्षति पुर्‍याएको छ भने कारागारमा आंशिक प्रभाव पुगेको छ । अहिले कैदीबन्दीलाई सुरक्षित ब्लकमा राखिएको छ । तस्बिर: रामहरि न्यौपाने/रासस

काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको बाढीको कारणले अपर त्रिशूली थ्री बि हाइड्रोइलेक्ट्रिक आयोजनामा सुपरीवेक्षण परामर्शदाताको रूपमा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

सो आयोजनामा सुपरिवेक्षणको लागि परामर्शदाताको रूपमा चिलिमे इन्जिनियरिङ मण्ड सर्भिसेज कम्पनी लिमिटेडका विभिन्न तहका १२ जना कर्मचारी कार्यरत कर्मचारी सम्पर्कविहीन भएकाले उद्धार तथा खोजी गर्नका लागि अनुरोध गरिएको छ ।

चिलिमे इन्जिनियरिङ मण्ड सर्भिसेज कम्पनी लिमिटेडका प्रशासन अधिकृत विमल कडरियाले कम्पनीमार्फत अपर त्रिशूली थ्रि बी हाइड्रोइलेक्ट्रिक आयोजनामा विभिन्न तहमा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी गरिदिनका लागि सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

कम्पनीका अनुसार आयोजनामा कार्यरत सिनियर टिम लिडर कमलबहादुर पाण्डे, कन्स्ट्राक्ट इन्जिनियर मनोज केसी, सिनियर जियोलोजिष्ट सुमेश अमात्य, सिनियर कन्स्ट्रक्सन इन्जिनियर निरज श्रेष्ठ, कम्पनीका प्रशासक तथा लेखा अधिकृत मणि दाहाल सम्पर्कविहीन भएको जनाएको छ ।

त्यसैगरी सिनियर इलेक्ट्रिकल इन्जिनियर रविन्द्रकुमार यादव, सिभिल इन्जिनियर प्रवीन अमात्य, कन्ट्राक्ट मण्ड प्लानिङ इन्जिनियर प्रतीक भट्ट, सिभिल इन्जिनियर हेमन्तराज जोशी, चालक महेश नेपाली, कुक खिलबहादुर बुढाथोकी, कुक पुनम न्यौपाने सम्पर्कविहीन भएकाले खोजी कार्य गर्नका लागि अनुरोध गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T