Skip to content

हिमालयन रिइन्स्योरेन्सको सीईओ पौडेल पक्राउ

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन्।

उनलाई आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बबरमहलबाट पक्राउ गरेको हो ।

नेपाल बीमा प्राधिकरणको पत्रद्वारा ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा गरिएको निरीक्षण प्रतिवेदन अनुसार बीमा ऐन कसुरमा पक्राउ गरिएको सीआईबीले जनाएको छ।

बीमा ऐन, २०७९ को दफा १४० उपदफा (१) को खण्ड (छ) र (झ) बमोजिमको कसुर सम्बन्धमा अनुसन्धानको क्रममा उक्त कसुरमा संलग्न पाइएको जनाइएको छ । काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका वडा नं ३ हाल रिईन्स्योरेन्सको सीईओ ३९ बर्षकी पौडेललाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमती लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T