Skip to content

प्रभु बैंकद्वारा रसुवा बाढीपीडितलाई राहत सामग्री वितरण

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रभु बैंक लिमिटेडले राहत सामग्री उपलब्ध गराएको छ ।

बैंकले आज भदौ २५ गते जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत बाढीपीडितलाई वितरण गर्ने गरी १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग उपलब्ध गराएको हो ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्रबाबु विष्टले उक्त सामग्री जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेका थिए ।

यसअघि पनि बैंकले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको थियो ।

बाढीका कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति प्रभु बैंकले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

साथै सम्पर्कविहीन व्यक्तिहरूको शीघ्र उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैंकले विपद्बाट प्रभावित समुदायप्रति समवेदना प्रकट गरेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T