काठमाडौं । बैंक तथा वित्तीय संस्था, उत्पादनमूलक कम्पनी, जलविद्युत कम्पनीले लगायतले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन् ।
अहिलेसम्म वाणिज्य बैंक,विकास बैंक, फाइनान्स कम्पनी, उत्पादन मूलक कम्पनी, जलविद्युत सहितका १८ कम्पनीले अहिलेसम्म लाभांश घोषणा गरेका छन् ।
अहिलेसम्म नबिल,माछापुच्छ्रे, एभरेष्ट, सानिमा, र ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेका छन् ।
यस्तै विकास बैंकमा कामना सेवा, शाइन रेसुङ्गा, गरिमा, सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरिसकेका छन् । यस्तै फाइनान्स कम्पनीमा आइसीएफसी फाइनान्सले कर सहित १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यस्तै नेपाल ल्युब आयलले २१.०५ प्रतिशत प्रतिफल घोषणा गरेको छ । सर्वोत्तम पेन्टसले १० प्रतिशत बोनस सेयर, नेपाल इन्फ्रास्टक्चर बैंकले ५.२६३२ प्रतिशत कर सहित नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यता जलविद्युत तर्फ मान्डु हाइड्रो, यु्नाइटेड आईडीआई मर्दी एन्ड आरबी हाइड्रो, सुपर मादी, अरुण भ्याली हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् ।
यता कालिन्चोक दर्शनले ८.९४७४ प्रतिशत लाभांश घोषणा गरेको छ ।
यी कम्पनीहरुले घोषणा गरेको लाभांशमध्ये बैंक, विकास बैंक र वित्त कम्पनीको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणा सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । यस्तै अन्य कम्पनीको पनि आगामी साधारणासभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।







प्रतिक्रिया दिनुहोस्