काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग भेटेर फर्कंदा नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ परेका छन् ।
उनलाई प्रहरीले सिंहदरबार गेटबाट पक्राउ गरेको हो ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज सिंहदरबारमा छलफल गरेका थिए ।
अध्यक्ष तामाङलाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल उनलाई प्रहरी परिसर दरबारमार्ग राखिएको छ ।






प्रतिक्रिया दिनुहोस्