Skip to content

अपर हेवाखोला हाइड्रोपावरका दुई संस्थापक सेयरधनीले बेच्दैछन् १ लाख ३४ हजार कित्ता सेयर

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ३४ हजार ६०१ कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई दिएको जानकारीअनुसार बन्दना कुमारी खड्काले ५९ हजार ६०१ कित्ता र अर्जुन प्रसाद गौतमले ७५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

दुवै सेयरधनीले उक्त सेयर बिक्री गर्ने आशय राख्दै कम्पनीमा निवेदन दिएका छन् । उनीहरूले आगामी तीन महिनाभित्र आफ्नो स्वामित्वमा रहेको उक्त सेयर बिक्री गर्ने जनाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T