Skip to content

दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप सम्पन्न, हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्याे विजेता

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिता भव्य तथा रोमाञ्चक रूपमा सम्पन्न भएको छ।

सामाखुसी फुटसल ग्राउन्डमा सम्पन्न प्रतियोगितामा विभिन्न बीमा कम्पनीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिताका खेलहरूमा सहभागी टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाएका थिए।

सामाखुसी फुटसल ग्राउन्डमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ५(२ गोलले पराजित गर्दै उपाधि जित्न सफल भयो। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड भने उपविजेतामा सीमित रह्यो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो। हिमालयन एभरेस्ट इन्स्योरेन्सका दिनेश कुमार सिंहलाई प्लेयर अफ द टुर्नामेन्ट तथा सुनिल थापालाई उत्कृष्ट डिफेन्डर घोषित गरिएको थियो।

त्यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका रोशन बुढाथोकीलाई सर्वाधिक गोलकर्ता तथा सुजन घिमिरेलाई उत्कृष्ट गोलकिपर घोषित गरिएको थियो।

प्रतियोगिताको समापन समारोहमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष श्री चन्द्रसिंह साउद तथा प्रमुख कार्यकारी अधिकृत श्री वीरकृष्ण महर्जनले विजेता तथा उपविजेता टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिताको मोबाइल एप पार्टनर एरिना प्रोको सहकार्यमा खेलका लाइभ स्कोर, खेलको नतिजा तथा प्रतियोगितासम्बन्धी विभिन्न जानकारीहरू एरिना प्रो मोबाइल एपमार्फत हेर्न सकिने व्यवस्था गरिएको थियो । यसले प्रतियोगिताका खेलहरूका बारेमा खेलाडी तथा खेलप्रेमीहरूलाई सहज रूपमा जानकारी प्राप्त गर्न सहयोग पुर्‍याएको थियो ।

बीमा क्षेत्रका विभिन्न कम्पनीहरूलाई एउटै खेल मैदानमा जोड्दै आपसी सम्बन्ध, सहकार्य, स्वस्थ प्रतिस्पर्धा तथा टिम स्पिरिटलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजक नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले जनाएको छ।

प्रतियोगिताका क्रममा खेलाडीहरूको उत्कृष्ट प्रदर्शन, रोमाञ्चक खेल तथा सहभागी टोलीहरूको उत्साहले प्रतियोगितालाई थप आकर्षक बनाएको थियो। प्रतियोगिताले बीमा क्षेत्रभित्र खेलकुदमार्फत आपसी सद्भाव र सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी टोली, खेलाडी, रेफ्री, प्राविधिक टोली, स्वयंसेवक, साझेदार एरिना प्रो लगायत सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गरेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima