Skip to content

लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा छः अर्थमन्त्री डा वाग्ले

काठमाडौं । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री डा वाग्लले मुलुकको आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य रहेको र यसमा सरकारले सक्दो रहयोग गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा महासङ्घका तर्फबाट लघु, घरेलु तथा साना उद्योगको विकासका लागि नीतिगत सुधारको माग राख्दै आगामी १० वर्षलाई ‘लघु, घरेलु तथा साना उद्योग विकास दशक’ घोषणा गर्नुपर्ने, सहुलियतपूर्ण तथा बिनाधितो कर्जा उपलब्ध गराउनुपर्ने र नयाँ उद्योगलाई कर सहुलियत दिनुपर्ने सुझाव दिइएको छ ।
त्यस्तै, सार्वजनिक खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादनलाई प्राथमिकता, ‘मेड इन नेपाल’ अभियान, निर्यात सहजीकरण तथा आधुनिक प्रविधि भित्र्याउन सरकारी अनुदानको व्यवस्था गर्न महासङ्घले माग गरेको महासङ्घकी अध्यक्ष शोभा गुरुङले जानकारी दिए ।
उनका अनुसार महासङ्घले महिला तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि विशेष उद्यमशीलता प्याकेज, ‘१०० स्टार्टअप–१०० इन्भेष्टर’ कार्यक्रम तथा उद्योगसम्बन्धी सरकारी सेवा छिटोछरितो बनाउन ‘फास्ट–ट्रयाक इन्डष्ट्रियल सर्भिस’ लागू गर्न पनि प्रस्ताव गरेको छ । सरकार, निजी क्षेत्र र सरोकारवालाबीच सहकार्यबाट उत्पादन, रोजगारी र निर्यात बढाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने महासङ्घले जनाएको छ ।
बाढीपीडितलाई महासङ्घको सहयोग
सो अवसरमा महासङ्घले बाढीप्रभावित परिवारहरूको राहतका लागि ५ लाख ५५ हजार ५५५ सहयोग गरेको छ । उक्त सहयोग रकम कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा वाग्लेलाई अध्यक्ष गुरुङले हस्तान्तरण गर्नुभयो । सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima