काठमाडौं । बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३ हजार २०० रुपैयाँ र चाँदी तोलामा १६५ रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँ खरिदबिक्री भएको छ। बुधबारको बजारमा सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ खरिदबिक्री भएको थियो।
यसैगरी, आजको बजारमा चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।








प्रतिक्रिया दिनुहोस्