Skip to content

हावाहुरी र अविरल वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षासहितको हावाहुरीका कारण सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवको करीब दुई बिघा जमिनमा लगाएको उखुबारीमा क्षति पुगेको हो ।

हावाहुरी र अविरल वर्षाका कारण भाडामा लिएर गरेको उखु खेतको उखुका बोटहरू लडेपछि उत्पादन घट्ने र लगानी नउठ्ने अवस्था आएको उनले बताए । उखु खेतीमा यादवले चार लाख रुपैयाँ ऋण तथा सापटी लिएर लगानी गर्नु भएको थियो । उखु खेती राम्रो उत्पादन भएको भए करीब १० लाख रुपैयाँ आम्दानी हुने उनको अपेक्षा गरेपनि हावाहुरी र अविरल वर्षाले लगानीसमेत फिर्ता नहुने उनको चिन्ता छ ।

सिरहाको विष्णुपुर गाउँपालिका–१ का पूर्ववडाध्यक्ष रहिसक्नुभएको भएका यादव अहिले पुनः कृषि व्यवसायमा फर्किनु भएको छ । उनी भन्छन्, “जसोतसो जग्गा भाडामा लिएर उखु खेती लगाएको थिए तर गए राति आएको हावाहुरी र वर्षाले सबै उखु ढालिदियो ।अब त लगानी पनि नउठ्ने देखिन्छ । यही खेती बाट नै घर परिवारको जोहो टार्दै आएको थिए, क्षति गर्दा अब घरपरिवार चलाउन पनि मुस्किल हुने अवस्था आयो । ”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima