Skip to content

सानिमा बैंकका सीईओको तलब भत्ता १ करोड ७७ लाख, सञ्चालकलाई आधा करोड बढी

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई तलब भत्ता बापत १ करोड ७७ लाख १३ हजार ७६७ रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले गत आवमा सीईओ निश्चल राज पाण्डेलाई तलब, भत्ता बापत १ करोड २० लाख ९८ हजार ७९९ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब बापत ५१ लाख ३ हजार ४४८ रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै कर्मचारी बोनस बापत ३६ लाख २२ हजार ४७४ रुपैयाँ भुक्तनी गरेको छ भने अन्य सुविधा बापत ३३ लाख ७२ हजार ८७७ रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै अर्का सीईओ पवन कुमार आचार्यलाई तलब बापत ५० लाख ५८ हजार ६२१ रुपैयाँ र अन्य सुविधा बापत ५ लाख ५६ हजार ३४७ रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले पाण्डेलाई महिनाको ८ लाख रुपैयाँ तलब दिएको थियो । आचार्यलाई बढाएर ९ लाख दिएको छ । बैंकले सीईओलाई सवारी साधन र सवारी साधनको लागि आवश्यक पर्ने इन्धन, मर्मतसम्भार र चालक सुविधा प्रदान गरेको छ ।
पाण्डे २०८२ माघ ११ सम्म कार्यरत थिए । माघ १२ देखि आचार्य सीईओ भएका हुन् । उनीहरुको तलब बाट राज्यले ३९ प्रतिशत कर पाएको छ ।

यस्तै बैंकले सञ्चालकलाई ५१ लाख ४८ हजार रुपैयाँ भत्ता भुक्तानी गरेको छ । बैंकले संचालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता १८ हजार र सदस्यहरुलाई १५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । सो बाहेक अध्यक्ष तथा संचालकहरुलाई पत्रपत्रिका, टेलिफोन, इन्टरनेट आदि खर्च बापत प्रति सदस्य मासिक रू. १२ हजार उपलब्ध गराउने गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima