Skip to content

सीएनआईवाइएफ र द स्टार्टअप नेटवर्क नेपाल बीच नेपालको स्टार्टअप इकोसिस्टमलाई नयाँ उचाइमा पुर्‍याउन साझेदारी

काठमाडौं । नेपालको स्टार्टअप तथा उद्यमशीलता वातावरणलाई थप सशक्त, लगानीमैत्री र देशव्यापी बनाउने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस समझदारी अनुरुप सीएनआईवाइईएफ र टीएसएनले संयुक्त रूपमा ‘फाउन्डर्स हब’ नामक इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम सञ्चालन गर्नेछन् । फाउन्डर्स हब मार्फत प्रत्येक वर्ष १०० वटा स्टार्टअपलाई प्रवर्द्धनगर्ने लक्ष्य राखिएको छ। सहभागी स्टार्टअपलाई व्यवसाय विकास, परामर्श, उद्योगसँगको पहुँच, सम्बन्ध विस्तार, लगानीको तयारी तथा सम्भावित लगानीकर्तासँग जोड्दै लगानीका नयाँ अवसर सिर्जना गरिनेछ ।

समझदारी पत्रमा सीएनआईवाइईएफका निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ र टीएसएनका प्रमुख सञ्चालन अधिकृत सौगात ओझाले हस्ताक्षर गरे । यस साझेदारीअन्तर्गत सीएनआईवाइईएफले आफ्ना सदस्य तथा साझेदार संस्थाहरूको सञ्जालमार्फत टीएसएन का कार्यक्रमहरूका लागि सम्भावित प्रायोजक, संस्थागत साझेदार र अन्य सरोकारवालासँग सहकार्य विस्तार गर्न सहजीकरण गर्नेछ ।

यो सहकार्य काठमाडौंमा मात्र सीमित नरही नेपालका विभिन्न शहर तथा उदीयमान उद्यमशीलता केन्द्रहरूमा विस्तार गरिनेछ । नवप्रवर्तन र उद्यमशीलताको पहुँच देशका विभिन्न भूगोलसम्म पुर्‍याउँदै स्थानीय स्तरमै नयाँ व्यवसाय र उद्यमी जन्माउने लक्ष्य यस साझेदारीले लिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima