Skip to content

बजाज पल्सर एनएसको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं । बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । शक्ति, तीव्रता र आत्मविश्वासका लागि परिचित ढाँटसँगको सहकार्यले पल्सर एनएसको प्रदर्शनमुखी पहिचानलाई थप बलियो बनाउने कम्पनीले जनाएको छ ।
‘पावर मिट्स पावर’ अवधारणामा आधारित यो सहकार्यले ढाँटको व्यक्तित्व र पल्सर एनएसको शक्ति, प्रदर्शन तथा मस्कुलर स्ट्रिटफाइटर डिजाइनबीचको समानतालाई प्रस्तुत गर्ने कम्पनीको भनाइ छ ।
बजाजका अनुसार ढाँट अब पल्सर एनएसका विभिन्न ब्रान्ड कम्युनिकेसन, प्रचार अभियान तथा उपभोक्ता संलग्नताका गतिविधिमा सहभागी हुनेछन् । यसमार्फत पल्सरका उत्पादनका विशेषता र प्राविधिक पक्षसँगै शक्ति, आत्मविश्वास, प्रदर्शन र बोल्ड एटिच्युडलाई थप प्रभावकारी रूपमा प्रस्तुत गरिनेछ ।
कम्पनीले ढाँटसँगको सहकार्यले विशेषगरी युवा तथा प्रदर्शनमुखी मोटरसाइकलप्रति रुचि राख्ने राइडरहरूसँग पल्सरको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।
पल्सर र रविन्द्र ढाँटसँग सम्बन्धित आगामी अभियान तथा सामग्री बजाज नेपालको आधिकारिक सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमबाट सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima