काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको ३० लाख २० हजार ७ सय कित्ता सेयरको ‘लक–इन’ अवधि आगामी कात्तिक १४ गतेदेखि समाप्त हुने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि सेयर बाँडफाँड गरेको तीन वर्ष पूरा भएसँगै उक्त सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो।
कम्पनीका अनुसार कात्तिक १४ गतेदेखि लक–इन खुल्ने सेयरमा संस्थापक समूहको २८ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको २ लाख ४ हजार ७ सय कित्ता र कर्मचारीका लागि सुरक्षित १६ हजार कित्ता रहेका छन्।
यसअनुसार कुल ३० लाख २० हजार ७ सय कित्ता सेयरको लक–इन अवधि समाप्त हुनेछ।
यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको स्वामित्वमा रहेको सेयर भने प्रचलित नियमअनुसार रोक्का नै रहनेछ।









प्रतिक्रिया दिनुहोस्