Skip to content

सुनको मूल्य तोलाको १५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलाको १ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलाको २५ रुपैयाँ बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुन तोलाको २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima