Skip to content

सुनको मूल्य स्थिर,चाँदीको घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । आज सुन सोमबारको बजारमा कायम भएको मूल्यको आधारमा कारोबार हुनेछ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको पनि बजारमा सोही मूल्यमा सुनको खरिद बिक्री भएको थियो ।
यसैगरी, आज चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima